मुस्लिम समुदायका महिलाहरुका लागि सेनेटरी प्याड बनाउने तालिम बिहीबार देखि सुरु

सिपमुलुक तालिममा १७ बर्षदेखि ३६ बर्ष उमेर समूहका ३० जना महिलाहरुले सेनेटरी प्याड बनाउन सिकिरहेका छन् ।

शाख न्यूज    प्रकाशित: २०८२-१-२४ गते   ३४९ पटक हेरिएको

नेपालगन्ज २५ बैशाख - बाँकेको  नेपालगन्ज  उपमहानगरपालिका वडा नम्बर १ का मुस्लिम समुदायका महिलाहरुका लागि सिपमूलक तालिम संचालन गरिएको छ । 

लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को समन्वयमा तालिम गरिएको छ ।

सो सिपमुलुक तालिममा उनले १७ बर्षदेखि ३६ बर्ष उमेर समूहका मुस्लिम समुदायका ३० जना महिलाहरुले सेनेटरी प्याड बनाउन सिकिरहेका छन् । मुस्लिम समुदायका महिलाहरुलाई स्वस्थ जीवनशैली र सेनेटरी प्याडबाट आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगन्जमा गरिएको तालिम बिहीबार (आज) देखि तीन दिनसम्म चल्नेछ । तालिमबाट महिलाहरुले सेनेटरी प्याड बनाउन सिक्ने अपेक्षा लिइएको छ ।

मुस्लिम समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउन सेनेटरी प्याड बनाउने मात्र नभएर अन्य बिषयमा पनि जानकार बनाउन आवश्यक रहेको सांसद श्रेष्ठले बताइन् । उनले तालिम संचालन गर्नु अगाडि मुस्लिम समुदायका महिलाहरुको अपेक्षाबारे अध्ययन गरिएको बताइन् ।

तालिमको सहजीकरण पुष्पा शर्माले गरिरहेकी छिन् । घरेलु सेनेटरी प्याडको प्रयोग गर्दा बचत हुने , वायु प्रदुषण पनि नहुने   भएकाले एउटा प्याड कम्तीमा ४ महिनासम्म प्रयोग गर्न सकिने सहजकर्ता शर्माले बताइन् । १ मिटर कपडाबाट ४ वटा प्याड बनाउन सकिने पनि शर्माले बताइन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech