बाँके - वि.सं. २०३६ (इ.सं. १९७९) घरबारी टोलमा स्थापना भई न्यूरोडसँग जोडिएर शान्तिमार्गसम्म फैलिएको एञ्जल्स स्कुल, नेपालगन्जले ४७ वर्षको अनुशासित कार्य प्रणाली उपलब्धिमूलक शिक्षा प्रदान उत्कृष्टताप्रति निरन्तर प्रतिबद्धता गरेको छ ।
७५ प्रतिशत विद्यार्थी A+ तथा A प्राप्त गर्न सफल भएको २५ प्रतिशत विद्यार्थी B+ प्राप्त गरेको सबै सफल विद्यार्थीहरूलाई यस विद्यालयको तर्फबाट तथा व्यक्तिगतरुपमा प्रिन्सिपल विना मल्लले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् ।

जीवन सुन्दर पनि हुन सक्छ र नराम्रो पनि हुन सक्छ। यदि हाम्रो जीवन सुन्दर भयो भने हाम्रो जीवनमा शान्ति र यथार्थ सुख प्राप्त हुन्छ । त्यस्तो जीवन अरूका लागि पनि सुख, शान्ति र कल्याणको आधार बन्न सक्छ, तर यदि जीवन नराम्रो भयो भने त्यसमा शान्ति रहँदैन जसले गर्दा यथार्थ सुख प्राप्त हुँदैन, र त्यस्तो जीवन अरूका लागि अशान्ति, दुःख तथा अहितको कारण बन्न सक्ने भएकाले जीवन निर्माण गर्नु हाम्रो नैतिक तथा सामाजिक दायित्वका साथै अहम् भुमिका हुन्छ, प्रिन्सिपल मल्लले बताएकी हुन।
मानौँ, मेरो जीवन सुन्दर भयो भने म सुखी हुनेछु, र सुन्दर भएन भने दुःखी हुनेछु। म सुखी नभए कसैलाई फरक नपर्ला। तर मेरो जीवन नराम्रो भयो भने मेरा व्यवहार, क्रियाकलाप र कर्महरूले अरूको जीवनलाई दुःखी बनाउन सक्छन् भन्ने कुरामा समेत ध्यान दिन आवश्यक रहेको बताइन् ।
उनले भनिन् - "सामाजिक दायित्वबोधले पनि हामीलाई आफ्नो जीवनलाई जतनपूर्वक सुन्दर बनाउन प्रेरित गर्दछ , आफ्नो जीवनलाई सुन्दर बनाउनु हाम्रो नैतिक दायित्व तथा बाध्यता हो" ।