लोकनृत्य प्रतियोगिताको उपाधि एन्जल्स स्कूललाई प्रदान

शाख न्यूज    प्रकाशित: २०८३-२-१५ गते   २२८ पटक हेरिएको

नेपालगन्ज १५ जेठ - नेपालगन्जको एन्जल्स स्कूलले प्रथम मेयर सांस्कृतिक रूप-२०८३' अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि जितेको छ। 

बाँके कला केन्द्र नेपालगन्जको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सम्पन भएको प्रथम मेयर सांस्कृतिक रूपमा पशुपति मावि राँझाले दोस्रो स्थान प्राप्त गर्न सफल भए‌को छ। त्यसैगरी मोडल एकेडेमी नेपालगन्ज र न्यू ग्यालेक्सी स्कूलले संयुक्त रुपमा तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने स्कूलले कमना ५० हजार, २९ हजार र १० हजार ५ सय, १० हजार ५ सय, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन्।

बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राक्त सनत रेग्मी, डा. हरिप्रसाद तिमिल्सिना, नेपालगन्ज उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ, प्याब्सन बाँके, होटल व्यवसायी महासंघ लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको पनि कार्यक्रममा सहभागीता रहेको थियो

कार्यक्रममा स्वर्गीय गीतकार तथा संगीतकार महेन्द्र हमालको योगदानको स्मरण गर्दे धर्मपत्नी शान्ति हमाललाई विशेष सम्मान गरिएको थियो। कार्यक्रमले सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रबीच आपसी सहकार्य र सम्मानको वातावरण निर्माण गर्ने विश्वास लिइएको छ।

प्रतियोगितामा बाँके जिल्लाका १२ विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली लोकसंस्कृति, लोकनृत्य तथा मौलिक कलाको संरक्षण र प्रवद्‌धन गर्ने उद्देश्यसहित विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। 

कार्यक्रमको प्रमुख अतिधि नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख उपसचिव गोर्खबहादुर थापा रहेका थिए। 

कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने अतिधिहरूलाई मायाको चिनो प्रदान गरी समापन गरिएको थियो। केन्द्रले कला, संस्कृति तथा लोकपराम्पराको जगेर्नामा योगदान पुयाउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech