बैजनाथद्वारा दुई दिने लागू औषधविरुद्धको र्‍याली सहित जनचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८२-३-१२ गते   ६५६ पटक हेरिएको

कंचनपुर १३ असार - स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागु औषध दुरुपयोगविरुद्ध ऐक्यबद्धता” भन्ने मूल नाराका साथ बैजनाथ बाल क्लबको आयोजना तथा कृष्णपुर नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ ।

कार्यक्रम कंचनपुर स्थिति कृष्णपुर नगरपालिका - १ मा बैजनाथ बाल क्लबले आयोजना गरेको दुई दिने लागू औषधविरुद्धको र्‍याली सहित जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणको कार्यक्रम बिहीबार र शुक्रबार दोस्रो चरणको कार्यक्रम सम्पन्न गरिएको जानकारी दिएका छन् । 

कृष्णपुर नगरपालिका वडा नम्बर- १ को आर्थिक सहयोगमा संचालित र्‍याली शुक्रबार बिहान कालिका मावि, बंकबाट सुरु भई पल्लो मोतीपुर हुँदै करिब १० किलोमिटरको दुरी तय गरेर पुनःकोणसभामा परिणत गरेर कालिका मावि  सम्पन्न भएको उपाध्यक्ष अम्बादत्त जोशीले जानकारी दिएका छन् ।

न्यूनीकरणको लागि सबै सामाजिक सङ्घ संस्था, जनप्रतिनिधि, बुद्धिजीवीहरू हातेमालो गरेर सचेतना जगाउनु पर्ने र स्थानीय तहको तर्फबाट यस्ता कार्यलाई सहयोग गर्ने वडा अध्यक्ष मोहन बस्नेतले बताएका छन् ।

लागुऔषधले गर्दा घर, परिवार, समाजमा मानसिक तनाव, कलह बढ्ने, आर्थिक नोक्सानी हुने मात्रै नभई मानिसको अकालमै मृत्यु हुने जस्ता समस्या बढेकाले  र्‍यालीसहितको जनचेतनामूलक कार्यक्रम गरिएको अध्यक्ष मिना धामीले जानकारी दिइन् ।

बैजनाथ बाल क्लबका कोषाध्यक्ष वासुदेव पाण्डेयले संचालन गरेको कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य मदन थापा, इलाका प्रहरी पोष्ट पहरियाका इन्चार्ज मानसिंह धामी, बालबालिका, जनप्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक , एनएसडव्लुएका प्रतिनिधि, स्थानीयवासी, समाजसेवी, बुद्धिजीवी, बाल अधिकारकर्मी लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech