गायिका सन्जिता "उज्जर गोनिया", बोलको थारु गितबाट चर्चामा आउन सफल

शाख न्यूज    प्रकाशित: २०७७-५-२७ गते   १९१२ पटक हेरिएको

बाँके २७ भदौ - बाँकेको राप्तीसोनारी गाउँपालिका ४ गौरी गाउँमा वि.स.२०५४ साल  चैत ७ गते बुवा मंगलप्रशाद सुन्कुस्मिया थारु  र शारदा सुन्कुस्मिया थारुको कोखबाट  सन्जिता सुन्कुसुमिया (थारू) जन्मिनुभएको हो । वि.स. २०७६ साल  देखि कलाकारिता क्षेत्रमा पनि प्रवेश गर्नुभएको छ । कलाकारिता क्षेत्रमा आउनुभन्दा पहिले पढाईका संग संगै ब्युटिसियनको काममा पनि काम गर्दै आएको बताउनुभयो । आफुलाई गित गाउन र अभिनय गरेर भबिष्यमा एउटा सफल गायिका तथा मोडेलको रुपमा चिनाउन आफु मेहनत , लगनशील र अनुसासित भएर कला क्षेत्रमा काम गर्ने जानकारी दिनुभयो । कलाकारितामा नै आफ्नो भबिस्य रहेकोले पछिल्लो समय म्युजिक भिडियोमा अभिनयका साथै गितहरु निकल्नु भएको छ । उहाँले  ३ वटा म्युजिक भिडियोमा अभिनय गर्नु भएको छ भने   २ वटा गित पनि निकाल्नु भएको छ । छोटो समयमा नै आफ्नो कला गला लाई मनपराइदिनु भएकोले खुशी भएको बताउनुभयो ।
मोडेल तथा गायिका सन्जिताले "उज्जर गोनिया ", बोलको पहिलो थारु गितमा स्वर दिनुभएको थियो । सोहि गित बाट चर्चामा आउनु आउनुभयो ।  त्यसपछि "होलि रंग " बोलको गित पनि निकाल्न सफल हुनुभयो । उहाँको गित हरुलाई दर्शक , श्रोता तथा  समिक्षकहरुले मन पराएर सकारात्मक प्रतिक्रियाहरु दिनुका साथै  आफुलाई गायन तथा मोडलिङको क्षेत्रमा अझै हौसला मिलेको बताउनुभयो । मिहिनेतका साथ आफ्नो प्रतिभालाई अझै उत्कृष्ट बनाएर कलाकारिता क्षेत्रमा स्थापित हुन्छु । कलाकारहरुले मेहनत, अनुशासन, लगनशील, इमानदारिता जस्ता गुणहरुको मध्यनजर  गर्नुपर्छ । त्यसका साथै कलाकारिता क्षेत्रलाई निरन्तरता दिन सक्यो भने मात्र भबिस्यमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

सफल मोडेलको आशा बोकेकी सन्जिताले "तुल्सिपुरके बजार" , " जाने मन "बोलको थारू म्युजिक भिडियो मा समेत अभिनय गरिसक्नु भएको छ । उहाँ को सो म्युजिक भिडियोमा दमदार अभिनय रहेको छ । आफ्नो  प्रतिभा प्रस्फुटन गर्न र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाए लगत्तै  गित पनि निकाल्न सफल भए ।

स्कूलजाँदा र गाउँघरमा नाचगान हुँदा नृत्य र  गितहरु  गाउनमा पनि अव्वल मानिने सन्जिता अवसर नपाएरै गुम्सीएका थिए , अब सानैदेखिको सपना पुरा गर्न सकिने उहाँले भन्नुभयो । वि.स.२०७६ सालको दशैमा थारु  सोही अवसरमा गायक बिश्व सागर परियार , हेमन्त चौधरी लगायत अन्य अग्रज लाई बोलाइएको थियोे । त्यहि समयमा आफु पनि उपस्थित भएको थिए । गायक सागर संग कुराकानी गर्ने क्रममा म भित्र लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन साथ  सहयोग दिनु भएको थियो । उहाँले भन्नुभयो म्युजिक भिडियोमा अभिनय गर्नका लागि घर परिवारबाट महत्त्वपूर्ण सहयोग सल्लाह सुझाव मिलेको हुनाले आफुलाई कलाकारिता क्षेत्रमा अगाडी बढ्न सजिलो भएको महशुस भयो । आफुलाई कलाकारिता क्षेत्रमा अभिनय र  गित गाउनका लागि थारु गायक बिश्व सागर परियार लगायतका अग्रज ब्यक्तित्व हरुले गर्दा आज अगाडि बढ्ने अवसर मिलेको हुनाले उहाँहरु प्रति हार्दिक सम्मान तथा आभार प्रकट का साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएका सबैलाई धन्यवाद दिन चाहन्छु । सधैं यसरी नै सहयोग र हौसला प्रदान गर्नु हुनेछ भन्ने पूर्ण बिश्वास लिएकी छु ।

गाउन र अभिनय गर्नमा अत्यन्तै रमाउने सन्जिता अब नेपाली म्युजिक भिडियोमा पनि अभिनय गर्ने योजना रहेको जानकारी दिनुभयो । साथै केही दिनमा अप्सरा बोलको नेपाली म्युजिक भिडियोमा आफ्नो अभिनय रहने बताउनु भयो । हाल देश भरी कोरोना भाइरसको संत्रासले गर्दा गितहरु निकल्न नसकिरहेको बताउनुभयो । लकडाउन खुकुलो भएमा "गाउँके गोरि" बोलको थारुगित निकाल्ने समेत जानकारी दिनुभएको छ । आफ्नो प्रतिभा दर्शकसामु पस्किन पाएको छु सवैले मन पराईदिएका छन यसैमा खुशी छु ।  नेपाली तथा थारु गित निकाल्ने र  म्युजिक भिडियोमा समेत अभिनय गर्दै जानेछु ।

पढाईका साथै कलाकारिता क्षेत्रलाई  निरन्तरता दिन्छु उहाँले भन्नुभन्नुभयो । सफल गायिका र  सफल मोडेल बन्ने आमाबुबाको सपना र आफ्नो बाल्यकालको सपना थियोे । त्यसैले  कलाकारिता क्षेत्रलाई  निरन्तरता दिने सन्जिताको भनाई छ । दर्शक तथा श्रोतामाझ आफुलाई अब्बल बनाउनका लागि निरन्तर कडा मेहनत,  परिश्रम गरेर करियर बनाउने र आफ्नो जीवनकाल बिताउने  लक्ष्य बोकेर यो क्षेत्रमा प्रवेश गरेकी छु , जसले गर्दा प्रतिस्पर्धात्मक युग भएकाले जमेर काम गर्ने र आफ्नो बाल्यकाल देखिको सपनालाई  पुरा गर्ने बताउनुभयो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech