माछा मार्ने क्रममा डुबेर एक युवतीको मृत्यु

शाख न्यूज    प्रकाशित: २०८१-१२-२९ गते   २३४ पटक हेरिएको

बाँके ३० चैत - राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक युवतीको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका-३ स्थित सिनावासमा शनिबार राप्ती नदीमा माछा क्रममा डुबेर स्थानीय १८ वर्षीय दिक्षिका चौधरीको मृत्यु भएको वडा नम्बर -३ का वडाध्यक्ष मीनकुमार चौधरीले जानकारी दिएका छन् ।

अध्यक्ष चौधरीका अनुसार गाउँकै अन्य महिलाहरुसँग राप्ती नदीमा माछा मार्न गएको बेला दिक्षिकाको नदीमा डुबेर मृत्यु भएको हो । माछा मार्न गएका ११ जना महिलाहरु पनि नदीमा दिक्षिकासँगै डुबेका थिए ।

तर, अरु ११ जना महिलाको सकुशल उद्दार हुँदा दिक्षिका पानीमा डुबेको स्थानीयहरुले बताए । दिक्षिकाको शवलाई नदीबाट १ घन्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको वडाध्यक्ष चौधरीले बताए । मृतक दिक्षिकाको शवलाई पोष्टमार्टमको लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech