बाँके २२ चैत - सशस्त्र प्रहरीले नेपालगन्ज भन्सारबाट अबैध रुपमा ल्याउँदै गरेको पेय पदार्थ निलो रंगको रेडबुल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनहाबाट खटिएको टोलीले आज दिउँसो ३६५ पिस रेडबुल बरामद गरेको सशस्त्र प्रहरी बल नं.३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।
सशस्त्र प्रहरीको टोलीले दिउँसो भारतको रुपइडिहाबाट कारको डिक्कीमा अवैध तस्करी गरेर ल्याउँदै गरिएको ३ सयब६५ पिस निलो रेडबुल बरामद गरेको हो।
सशस्त्र प्रहरी नं.३० गणले बरामद गरिएको रेडबुलको अन्दाजी मूल्य ९५ हजार रुपैयाँ रहेको जनाएको छ ।थप आबश्यक कारबाहीका लागि बरामद गरिएको रेडबुललाई नेपालगन्ज भन्सार कार्यालय पठाइएको जनाएको छ ।