बाँके २२ चैत - जानकी गाउँपालिका बाँकेबाट एकै दिन दुई जना कर्मचारीलाई विदाई गरिएको छ । २०७६ पुस ६ गतेदेखि २०८१ फागुन १९ सम्म लेखापाल पदमा कार्यरत दिपक केसी र लेखा परीक्षकमा कार्यरत कुमार उपाध्यायलाई विदाई गरिएको हो । उनीहरुको बधाई, सम्मान र विदाईमा आज एक कार्यक्रम आयोजना गरिएको थियो ।
प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतबाट वरिष्ठ लेखा अधिकृत (सातौँ तह) मा नाम निकालेका केसी र उपाध्याय क्रमशः मुड्के चुला गाउँपालिका डोल्पा र सोरु गाउँपालिका मुगुमा सिफारिस भई नियुक्त भएका छन् ।
बधाई, सम्मान तथा विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विक, कार्यपालिका सदस्यहरु, पालिकका शाखा प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति थियो ।