उपमहानगरपालिकाद्वारा नगरका विरुवाहरुमा बोर्डोपेस्ट लगाउन सुरु

शाख न्यूज    प्रकाशित: २०८१-१२-१२ गते   २३५ पटक हेरिएको

बाँके १३ चैत - नेपालगन्ज उपमहानगरपालिकाका कृषि प्राविधिक भुवन प्रसाद पन्तको नेतृत्वमा बुधबारदेखि बोर्डोपेस्ट लगाउने कार्यको सुरुवात गरिएको हो ।

उपमहानगरपालिका क्षेत्रभित्र फूलहरू ढकमक्क फुलेका छन्, जसले फूल पारखीहरुलाई आकर्षित गरिरहेका छन् । ती विरुवाहरुलाई जोगाउने उद्देश्यले बोर्डोपेस्ट लगाउन थालिएको हो । 

कृषि प्राविधिक पन्तका अनुसार बोर्डोपेस्ट (१ भाग कपर सल्फेट, १ भाग चुन र १० भाग पानीको अनुपात) तयार गरी गणेशमान चोकदेखि पुष्पलाल चोकसम्म तथा न्युरोड क्षेत्रमा त्रिवेणी मोडदेखि सेतु बिक चोकसम्म विरुवाहरूमा पेस्ट लगाइँदैछ । 

नगर प्रमुख प्रशान्त विष्टको निर्देशन अनुसार बोर्डोपेस्ट लगाउने कार्य भइरहेको फिल्डमा खटिएका प्राविधिक पन्तले बताए । बिरुवामा बोर्डोपेस्ट लगाउँदा किटनाशक, ढुसीनाशकको काम गर्ने, हाँगा काटिएको ठाउँ वा घाउ भएको ठाउँमा पेस्ट लगाउँदा रोग किराको प्रकोप कम हुनुको साथै झन सौन्दर्य थपिने प्राविधिक पन्तले बताए । 

नेपालगन्जको सौन्दर्यात्मक मनमोहक दृश्यलाई उद्धृत गर्दै "जो-जसले विगतमा यी फूलका बोटहरु लगाउने, हुर्काउने अभियान चलाउनुभयो, उहाँहरुप्रति उच्च सम्मान छ पन्तले भने । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech