बाँके २० पुस - “रगत तथा प्लाज्मा नियमितरुपमा दान गरौ, जीवन बचाउने कार्यमा एक्यबद्ध होऔ ” भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान अन्तर्गत पुस २१ गते आइतबार पालिकाको कार्यालयमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
मानवको जिवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियानलाई निरन्तरता दिएको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताएका छन् । अध्यक्ष चौधरीले भने–“रगतको व्यवस्था गर्न दैनिक सेवाग्राहीको फोन आउछ, तर गाउँपालिकासंग रगत छैन, त्यसैले व्यवस्थापनमा सहजताका लागि यो अभियान शुरु गरेको छु, साथै मधेशी समुदायमा सचेतना अभिबृद्धिका लागि पनि रक्तदान अभियान थालेको जानकारी दिएका छन् ।
गाउँपालिकाभित्र गरिब तथा असहायलगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि गाउँपालिकाले नियमित रुपमा बर्षमा दुई पटक बृहत रक्तदान कार्यक्रम गरि रगत संकलन गर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।
बृहत रक्तदान कार्यक्रममा करिब तीन सय बढीको रगत संकलन गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि जनप्रतिनिधी, कर्मचारी, युवा, युवती, महिला, स्वास्थ्यकर्मी, शिक्षक, सुरक्षाकर्मी , विद्यार्थी , स्थानीय लगायत सबैको सहभागिता गराइने पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार पाण्डेले बताएका छन् ।