महिला संगठन नेपाल बाँकेद्वारा शुभकामना आदानप्रदान एवम् दर खाने कार्यक्रम सम्पन्न

आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक दर्जन भन्दा बढीले राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

शाख न्यूज    प्रकाशित: २०८१-५-१४ गते   ५६६ पटक हेरिएको

नेपालगन्ज १४ भदौ - राप्रपा नेपालको भातृ संगठन  राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल बाँकेको आयोजनामा हिन्दु नारीहरुको महान  पर्व हरितालिका तिजको अवसरमा  शुभकामना आदानप्रदान एवम्  दर खाने कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति बाँकेको सभाहलमा आयोजित कार्यक्रम राप्रपा नेपाल केन्द्रिय सदस्य एवं महिला संगठन नेपालको केन्द्रिय उपाध्यक्ष लक्ष्मी हमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।उक्त कार्यक्रममा सामुहिक नृत्यका साथै शुभकामना आदानप्रदान गर्दै दर खाएर खुसिमय तरिकाले मनाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै महिला नारीहरुको महान पर्व हरितालिका तिज भड्किलो नबनाई सबैले समान किसिमले वर्ष दिनको चाडलाई मनाउन आग्रह समेत गरेकि हुन । 

सो कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल केन्द्रिय सदस्य अनिता भण्डारीले स्वागत मन्तव्य सहित शुभकामना समेत दिएकी हुन । त्यसैगरि महिला संगठन नेपाल प्रवक्ता अमृता चन्द , राप्रपा नेपाल जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंह लगायतले मन्तव्य सहित शुभकामना व्यक्त गरेका थिए ।

आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक दर्जन भन्दा बढीले राप्रपा नेपालमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल बाँके अध्यक्ष एवं कार्यक्रम संयोजक आशा विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राप्रपा नेपाल पार्टीका सचीव प्रमोद भट्टराईले गरेका थिए । आयोजित कार्यक्रममा समाजसेवी, बुद्धिजीवी,  राजनीतिकर्मी लगायत महिला नेतृहरुको समेत उपस्थिति थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech