डडेल्धुरा अस्पतालमा ३ जना संक्रमित थपिए

शाख न्यूज    प्रकाशित: २०७७-५-१९ गते   ६३४ पटक हेरिएको

डडेल्धुरा १९ भदौ - सुदूरपश्चिमको डडेल्धुरा अस्पातालको कोभिड प्रयोगशालामा  गरीएको ४५९ नमूना हरुको कोरोना परीक्षण गर्दा ३ नतिजा पोजिटिभ र ४५६ नतिजा नेगेटिभ आएको छ ।  कोरोना परीक्षणमा संक्रमितहरु बैतडी, दार्चुला र बझाङ  जिल्लाका रहेका छन । 

डडेल्धुराअस्पतालका ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार  ४५९ जनामा गरिएको कोरोना परिक्षणमा बैतडी पाटन  नगरपालिकाका १ जना , बझाङ मष्ठा गाउँपालिकाका १ जना, त्यसैगरी दार्चुला मार्मा गाउँपालिकाका १ जना लगायत डडेल्धुरा अस्पतालको कोभिड प्रयोगशालामा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभयो। 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech