नेपालगन्ज - सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाण्डौले बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरेको छ ।
सशस्त्र प्रहरीलाई शान्ति सुरक्षा कायम राख्ने कार्यमा अध्यक्ष चौधरीले उल्लेखनीय सहयोग पुर्याएको भन्दै उनको उच्च मूल्याङ्कन गर्दै प्रहरीले सम्मान गरेको हो । ‘२३औँ सशस्त्र प्रहरी दिवस २०८०’ को अवसरमा सशस्त्र प्रहरी प्रधान कार्यालयले पालिका अध्यक्ष चौधरीलाई कदरपत्रले सम्मान गरेको थियो ।
सशस्त्र प्रहरी बल महेन्द्रनगर बाँकेका प्रमुख (गणपति) सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले एक कार्यक्रमका बीच पालिका अध्यक्ष चौधरीलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए । सशस्त्र प्रहरी दिवसको अवसरमा प्रदान गरिएको कदरपत्र नेपालगञ्जमा प्रदान गरिएको हो ।
कदरपत्र ग्रहण गर्दै पालिका अध्यक्ष चौधरीले गाउँ समुदाय तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका प्रभावकारी रहेको भन्दै शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढीकरण गर्नुपर्नेमा जोड दिए । उनले प्रहरी र जनताबीचको सम्वन्ध सुमधुर गर्नुपर्नेमा जोड दिँदै हरेक नागरिकले प्रहरीलाई सहयोग गरेमा शान्ति सुरक्षाको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे ।