सल्यानका प्रहरी नायव उपरीक्षक खतिवडाद्वारा बार्षिक प्रगति विवरण सार्वजनिक

शाख न्यूज    प्रकाशित: २०७७-५-१८ गते   ११७५ पटक हेरिएको

सल्यान १८ भदौ - जिल्ला  प्रहरी कार्यलय सल्यानका  प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले आफ्नाे कार्यकालमा भएको बार्षिक प्रगति बिहीबार पत्रकार सम्मेलन  मार्फत  सार्वजनिक गरेका हुन। गत बर्ष भदाै १८ गते  जिल्ला  प्रहरी कार्यलय सल्यानमा प्रमुख पदको जिम्मेवारी लिनुभएको थियोे । प्रमुख खतिवडाको  कार्यकालमा  भएका प्रगति , अपराध अनुसन्धान तर्फ लागू औषध मुद्दाका  प्रतिबादी ११ जना ,  जुवातास मुद्दाका प्रतिबादी ३० जना , बालबिबाह मुद्दाका प्रतिबादी  २८ जना , जवरजस्तीकरणी मुद्दाका प्रतिबादी १९ जना , कर्तव्य  ज्यान मुद्दाका प्रतिबादी ३ जना  चाेरी मुद्दाका प्रतिबादी  १६ जना , हतियार  खरखजाना मुद्दाका  प्रतिबादी ६ जना , मानव बेचबिखन मुद्दाका  प्रतिबादी २ जना , सवारी  ज्यान मुद्दाका  प्रतिबादी  ७ जना , लगायत  अन्यमुद्दाका २ सय २५ जना पक्राउ गर्नुभएको थियोे । जसमध्ये १३९ जना महिला र ३२ जना पुरुष प्रतिबादीहरु रहेका छन् ।
साथै अदालतमा मुद्दा  बिचाराधिन रहेकाे  तथा गत श्रावण महिना देखि  भदाै १० गते सम्म  १ सय २४ जना प्रक्राउ परेका थिए , जसमा ४२ जना कैद सजायका  र बाँकी जरिवानाका फरार प्रतिबादी प्रक्राउ परेका थिए ।
त्यसैगरी २२ जना महिला र १ सय ८ जना पुरुषहरुले ३८ बर्ष १९ दिन कैद र १ लाख ३२ हजार ६ सय २ रुपैयाँ २८ पैसा जरीवाना  गरि सम्बन्धित  कार्यलयमा पेश गरिएको जानकारी  दिनुभयो । प्रमुख खतिवडा का अनुसार १ सय ५० जना पण्डित  र पास्टरलाई बालबिबाह न्युनिकरण सम्बन्धि अनुशिक्षण गरिएको , एक सवारी एक स्टिकर  काे ब्यबस्था गरिएको , भन्सार छली चाेरी निकासी  गरेका ७ वटा बाईक नेपालगन्ज  भन्सारमा बुझाएको साथै  शान्ति  सुरक्षा तर्फ अबैध  मदिरा नियन्त्रण , अनुमतिपत्र  नभए  साना तथा ठुला सवारी  साधन नियन्त्रणमा  लिई  कानुन बमाेजिम जरिवाना , मास्क प्रयोग  नगर्ने  १ हजार ६ सय ७१ जनालाई  कार्वाही समेत गरिएको उक्त सम्मेलनमा बताउनुभयो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech