मैत्रीपूर्ण क्रिकेट खेलमा त्रिभुवन २ रनले विजयी

शाख न्यूज    प्रकाशित: २०८०-१०-११ गते   ८८६ पटक हेरिएको

बाँके ११ माघ - कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा भएको शिक्षकहरुको मैत्रीपूर्ण क्रिकेट खेलमा त्रिभुवन नमुना माध्यमिक विद्यालय विजयी भएको छ ।  

पहिले ट्स जितेर ब्याटिङ गरेको त्रिभुवन मा.वि २ रनले विजयी भएको हो । मैत्रीपूर्ण क्रिक्रेट प्रतियोगितामा त्रिभुवनको क्रिकेट टिमले  १३ ओभर २ बलमा ९९ रन बनाएर अल आउट भएको थियो ।

ज्ञानज्योतिको तर्फबाट जवाफि ब्याटिङ्ग गर्न उत्रिएको टिमले १५ ओभर खेल्दै ९७ रन जोडेको थियो । ज्ञानज्योतिका कप्तान प्रितम डाङ्गीले ३ ओभर बलिङ गर्दै सर्वाधिक ४ विकेट लिन सफल भएका थिए ।त्रिभुवनका कप्तान सरोज पंगेनि  थिए  । पंगेनिको कप्तानिमा दोस्रो जित हो । 

 उक्त मैत्रीपुर्ण खेलमा त्रिभुवनका इन्द्र बिसिले ४९ रन जोड्दै खेलको म्यान अफ द म्याच  भए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech