डडेल्धुरा १८ भदौ - सुदूरपश्चिमको डडेल्धुरा अस्पातालको कोभिड प्रयोगशालामा गरीएको २४४ नमूना हरुको कोरोना परीक्षण गर्दा ८ नतिजा पोजिटिभ र २३६ नतिजा नेगेटिभ आएको छ । कोरोना परीक्षणमा संक्रमितहरु डोटी , अछाम , दार्चुला र बझाङ जिल्लाका रहेका छन ।
डडेल्धुराअस्पतालका ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार २४४ जनामा गरिएको कोरोना परिक्षणमा डोटी जोरायल गाउँपालिकाका ४ जना , अछाम मेल्लेख गाउँपालिकाका १ जना, चौरपाटि गाउँपालिकाका १ जना र बझाङ बुङ्गल नगरपालिकाका १ जनामा संक्रमण देखिएको हो । त्यसैगरी दार्चुला जिल्ला प्रहरी कार्यालयका १ जना लगायत डडेल्धुरा अस्पतालको कोभिड प्रयोगशालामा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभयो।