बाँके २९ पुस - कोहलपुर स्थित पिपिरी नयाँ बस्ती टोलमा बस्दै आएकी ममता टमटा शाह दुबै मृगौलाको समस्याले पीडित भएकी छिन । बर्ष २२ कि दुबै मृगौला पिडित शाह बचाउ अभियान संचालनमा आएको छ ।
मृगौला पिडित ममता लाई उपचारको क्रममा भारत को लखनउ र कोहलपुर मेडिकल कलेज मा उपचार गर्दागर्दै परिवारले आफ्नो जिन्दगी भरिको कमाई सकिएता पनि निको नहुँँदा परिवार चिन्तित बनेको छ । वडाको सिफारिस बाट वडा,गाउँ घरमा लगभग ८० हजार चन्दा संकलन गर्दा पनि पुर्णरुपमा उपचार नभएको गुनासो आफन्तजनले बताएका छन ।
हाल कोहलपुर मेडिकल कलेजले काठमाडौं रिफर गरिएता पनि जान नसकेर पिडित घरकोकोठामा मृत्यु कुरेर बस्नु बाहेक अरु कुनै विकल्प नभएको गुनासो पीडित ममताले आइतबार पत्रकार सम्मेलनमा बताइन् ।
उपचारका लागि आवस्यक आर्थिक नहुदा पीडित ममता घरमा बसिरहेकि छिन् । श्रीमान सुमन कुमार शाहले श्रीमती ममताको उपचारका लागि सम्पूर्ण देश र विदेशमा रहुनु भएका सम्पूर्ण सहयोगी मन हरुलाई गुहार गर्दै सहयोगको अनुरोध गरिरहेका छन । न्यून आर्थिक अबस्थाका कारण टाढा उपचार गर्ने क्षमता नभएको कारण उपचार असफल भएकाले स्थिती झन झन बिग्रेकाले गाँउवासिहरुद्वारा सहयोग संकलन गरिएको थियो ।
डाक्टरका अनुसार उपचारमा धेरै रकम लाग्ने भएकाले आर्थिक अवस्था एकदम कमजोर रहेको हुँदा श्रीमतीलाई उपचारको लागि सहयोग गरिदिनका लागि श्रीमान शाहले हार्दिक अपिल गरेका छन् ।
ममतालाई उपचारका लागि सहयोग गर्न चाहने इच्छुकले ग्लोबल आइएमई बैंक कोहलपुर बाँकेमा रहेको ममता टमटा शाह खाता न.३१४०७०१००१७१७० मा जम्मा गर्न सकिने श्रीमान शाहले जनाएका छन् । शाहका एउटा छोरा रहेका छन् ।