जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८०-९-१७ गते   ३६२ पटक हेरिएको

बाँके १७ पुस - जानकी गाउँपालिका बाँकेको आर्थिक बर्ष २०८०/०८१ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजीकरणमा मंगलबार सम्पन्न भएको छ । 

जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाईमा ६ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । गाउँपालिकाभित्र सञ्चालित सडक योजनाहरुमा नाला निर्माण नहुँदा डुवानको समस्या समाधानका लागि आवश्यक पहल गर्ने, गाउँपालिकाभित्र जडान गरिएका सडक बत्तीको मर्मत तथा जडानका लागि बिद्युत प्राधिकरणसँग समन्वय गर्ने, लक्षित बर्ग उत्थान कार्यक्रम पारदर्शीरुपमा सञ्चालन गर्ने, पालिकाभित्र रहेका बिद्यालयहरुको स्तर उन्नति गर्ने, शैक्षिक सुधारका लागि योजनासहित काम गर्ने, रेडक्रसमार्फत हुने कार्यक्रममा आवश्यकता अनुसार सहकार्य गर्ने, कृषकहरुलाई समयमा मलखाद वितरणको ब्यवस्थापन गर्ने तथा  चालू आर्थिक बर्षभित्र कालिकापुरमा बाटो निर्माण गर्ने प्रतिबद्धता गरिएको छ । 

बास नेपालका उपाध्यक्ष शिबकुमार बर्माले सहजीकरण गरेको सुनुवाईको सुरुवातमा पालिकाले गरेका कार्यक्रम तथा प्रगतिको बारेमा प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले प्रस्तुतिकरण गरेका थिए । सार्वजनिक सुनुवाईमा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत पौडेल, वडा अध्यक्षहरु, शाखा प्रमुखहरुले दिएका थिए । सार्वजनिक सुनुवाईमा कर्मचारी , जनप्रतिनिधि ,  स्थानीयवासिहरु लगायतको सहभागिता रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech