घुससहित एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-८-१२ गते   ७७४ पटक हेरिएको

नेपालगन्ज - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बर्दियाबाट घुससहित रङ्गेहात एक जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले मंगलबार दिउँसो बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरका सई पवन साउदलाई सेटिङको ३० हजार घुस रुपैयाँसहित पक्राउ गरेको जनाएको छ । 

इलाका प्रहरी मैनापोखरका मुद्दा शाखाका सई साउद लागूऔषध कारोबारीसँग सेटिङ मिलाइदिने भन्दै लिएको ३० हजार रुपैयाँसहित पक्राउ परेका हुन् । उनलाई नेपालगञ्ज सम्पर्क कार्यालयबाट गएको अख्तियारको टोलीले पक्राउ गरेको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech