भ्रष्टाचार, कुशासन, बेरोजगारी ,महङ्गीको अन्त्य आजको प्रमुख आबश्यकता- राप्रपा नेपाल अध्यक्ष थापा

शाख न्यूज    प्रकाशित: २०८०-७-१८ गते   ३७६ पटक हेरिएको

बाँके १८ कार्तिक - राप्रपा नेपालले शनिबार नेपालगन्जमा गर्ने भनेको बिरोध सभालाई श्रद्धाञ्जली सभामा परिणत गरिएको हो  । 

शनिबार राप्रपा नेपालले नेपालगन्जमा गर्ने भनेको बिरोध सभालाई श्रद्धाञ्जली सभामा परिणत गरिने पत्रकार सम्मेलनमा बताएका हुन । भुकम्पमा परि दिबङ्गत भएकाको आत्माको चिर शान्तिको कामना र घाइतेहरुको स्वास्थ लाभको कामना समेत गरेका छन् । 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि बिप्लब माओवादीसम्म सबै अटाउने राज्य ब्यबस्था नल्याय मुलुक थप सड्ढटमा फस्ने चेतावनी दिएका छन् ।

राप्रपा नेपाल आन्दोलनको माध्यमबाट मुकुकको ब्यबस्था र अबस्था  परिबर्तन गर्न अगाडी बढ्ने स्पष्ट पार्दै थापाले राप्रपा नेपालको एजेन्डा स्थापित गर्दा कसैले अपमानित र निशेधको अनुभुती गर्नु नपर्ने ,सबैलाई सम्मान हुने बताए ।

बाँके पार्टीद्धारा आयोजित आमसभालाई सम्बोधन गर्न शुक्रबार  नेपालगन्ज  पुगे पनि गएराति आएको भूकम्पका कारण धनजनको क्षति भएपछि कार्यक्रमको स्वरूप परिवर्तन गरिएको हो ।उक्त श्रद्धाञ्जली सभामा बोल्दै पार्टीका  अध्यक्ष कमल थापाले भुकम्प ग्रस्त क्षेत्र जाजरकोट रुकुममा तत्काल उद्धार र राहतमा ध्यान दिन पर्नेमा उल्टो सुरक्षा संयन्त्र नै अलमलमा पर्ने गरि गरिएको नेताहरुको भिड अनाबश्यक भएको टिप्पणी गरेका थिए । 
 
उनले भ्रष्टाचार, कुशासन, बेरोजगारी ,महङ्गीको अन्त्य आजको प्रमुख आबश्यकता भएको भन्दै यसको लागि अब जनआन्दोलनको बिकल्प नभएकोमा जोड दिएका छन्  ।
 
राजा ल्यायर दललाई कमजोर पार्ने नीति नभएको प्रष्ट पार्दै थापाले राजा अभिभावक हुने दलहरुले नै राज्य संचालन गर्ने भएकोले राजा सहितको प्रजातन्त्र आबश्यक रहेको उनले  दाबी गरेका छन । 
 

कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुईटेल, राजाराम बर्तौला, रमेश अर्याल, हिक्मत ढकाल, लक्ष्मी हमाल, आशा बिष्ट, दिपेन्द्रबहादुर सिंह लगायतले बोलेका थिए ।

थापाले राजादेखि बिप्लब माओवादीसम्म सबै अटाउने राज्य ब्यबस्था नल्याय मुलुक थप संकटमा जाने बताएका छन् ।

लोकतन्त्र, हिन्दुत्व, सुशासन  र  समृद्धिको बाटोबाट मुलुकलाई अगाडि बढाईने हुंदा अब सबै नेपाली जनताको साथ र सहयोगमा आन्दोलन केन्द्रित हुन र सहयोगको निमित्त जनमानसमा आग्रह गरेका छन् । 

कार्यक्रममा राप्रपा नेपाल पार्टी बाँकेका विभिन्न तह र तप्काका नेता ,   समाजसेवी , बुद्धिजीवी , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech