नरैनापुरमा आर्थिक वर्ष २०८०/०८१ कालागि ४८ करोड ६२ लाख बजेट

शाख न्यूज    प्रकाशित: २०८०-३-१० गते   २९२ पटक हेरिएको

बाँके - बाँकेको नरैनापुर गाँउपालिकाको १३ औँ गाँउ सभा भव्य रुपमा सम्पन्न भएको छ ।  नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रमभएको थियो । गाँउपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक विकास र कृषिलाई प्राथमिकतामा राखेर ०८०/०८१ का लागि वजेट ल्याएको छ ।

नरैनापुर वडा नं. ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्यले नीति तथा कार्यक्रम र आर्थिक वर्ष ०८०/०८१ को लागि कूल रु ४८ करोड ६२ लाख २ हजार ८ सय ७३ रुपैयाको अनुमानित वजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । स्थानीय संचित कोषबाट खर्चहुने रकम मध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरुका लागि ५ करोड  ७० लाख, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रको लागि ३ करोड ३० लाख , पूर्वाधार बिकास क्षेत्रको लागि १० करोड , सामाजिक बिकास क्षेत्रको लागि २० करोड , सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ५ करोड बजेट , संघ र प्रदेश सरकारबाट प्राप्त विभिन्न योजनाको लागि समपूरक कोषको लागि रु २ करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ । १३ औं गाँउसभामा गाँउपालिका अध्यक्ष शाहले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत  गरेका थिए  । 

अल्पसंख्यक, जेहेन्दार र अति विपन्न वर्गका सामुदायिक विद्यालमा अध्ययनरत बालबालिकाहरुको लागि १२ कक्षा सम्म क्रमस निःशुल्क पठनपाठनको व्यवस्थाप मिलाइने, जीवन पर्यन्त शिक्षालाई निरन्तरता दिन सामुदायिक सिकाई केन्दहरुलाई प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गर्ने नीतिमा उल्लेख छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पुर्याउन, परम्परागत तथा धार्मिक विद्यालयमा कक्षा पूरा गरेका बालबालिकालाई माथिल्लो कक्षा अध्ययनका लागि कार्यक्रम सञ्चालन गरिनेछ । कृषि र पशुपालनवाट स्वरोजगार समृद्ध नरैनापुर रोजगारीको आधारू कृषि विकासको लागि पकेट क्षेत्रको पहिचान गरि सबै वडामा व्यवसायिक खेति, नगदे एवं उच्च सम्भावनायुक्त तरकारी तथा फलफुल खेतिलाई प्रोत्साहनको लागि उन्नत वीउ, मल, उपकरणको प्रयाप्त व्यवस्था गरिनेछ । पशु आहारा विकास कार्यक्रम तथा नश्ल सुधारका लागि कृत्रिम गर्वाधान कार्यक्रम संचालन गरिनेछ । पशु स्वास्थ्य नियमन कार्यक्रम र पशु औषधि खोप तथा विमामा विस्तार गरिने उल्लेख छ ।

गाँउसभाको उदघाटन सत्रमा गाँउपालिका अध्यक्ष शाहले प्रतिनिधि सभा सदस्य ढकाल, प्रदेश सभा सदस्य केसी, नेपाली काग्रेसका नेता राम चन्द्र मार्य र रामा नन्द शर्मा लगायतलाई दोसल्ला उढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा गाँउसभा सदस्य, कर्मचारीहरु, पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो भने जिन्सी शाखा प्रमुख भरत महतोले संचालन गरेको सभामा स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले व्यक्त गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech