बैजनाथमा आर्थिक वर्ष २०८० \०८१ को निति तथा कार्यक्रम पारित

शाख न्यूज    प्रकाशित: २०८०-३-१० गते   ८१३ पटक हेरिएको

बाँके - बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८० \०८१ को निति तथा कार्यक्रम प्रस्तुत सँगै निति तथा कार्यक्रम पारित गरिएको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शाहीले स्वास्थ्य ,शिक्षा, खानेपानी तथा सरसफाई कृषि तथा सिंचाई र भू उपयोग ,सहकारी पशुपन्छी र मत्स्यपालन ,युवा तथा खेलकुद,भौतिक पूर्वाधार ,बन वातावरण तथा विपद व्यवस्थापन ,सुशासन तथा सेवा प्रवाह न्यायिक ,लैगिक मिानता नागरिक समाजिक समावेशिकरण जेष्ठ नागरि महिला ,दलित ,क्षेत्रको समग्र विकासका निम्ति गाउँपालिकाले आर्थिक वर्ष २०८० ।०८१को मुख्य रुपमा नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष शाहीले प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरेका छन।

त्यसै गरी पर्यटन प्रवर्धन र धर्म संस्कृति र कला लाई समेत प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।गाउँपालिका अध्यक्ष शाहीले आत्म निर्भर गाउँपालिका निमार्णका निम्ति गाउँपालिकाका सबै वडामा तरकारी संकलन केन्द्रको स्थापना गरी कृषि उत्पादनलाई बजारीकरण गर्ने नीति लिएको छ । स्थानीय उत्पादनलाई लाई बजार सम्म पुर्याउन र स्वरोगार र आत्म निर्भर समाजको परिकल्पना गर्न किसान सँग पालिका प्रमुख कार्यक्रमलाई निरन्तरता दिएको छ ।

रासायनिक मलको प्रयोगलाई न्यूनिकरण गरी प्रांगारिक मलको उत्पादन बढाउन विशेष बढावा दिइने प्रस्तुत निति तथा कार्यक्रममा समावेश गरिएको छ ।  बैजनाथ गाउँपालिकाको प्रस्तुत नीति तथा कार्यक्रममा मुख्य रुपमा कृषि , स्वास्थ्य शिक्षा सहकरी क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ ।

यस्तै निति तथा कार्यक्रममा सिकलसेल एनेमिया रोकथामको लागि निःशुल्क शिविर, आकस्मिक दुर्घटना तथा बर्थिङ सेन्टरमा निःशुल्क एम्बुलेन्स सेवा, ६० वर्षमाथिका सबैलाई मासिक रुपमा स्वास्थ्यकर्मीले घरमै गएर स्वास्थ्य सेवा दिने, अति विपन्न ‘ख’ वर्गका परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराउने लक्ष्य लिएको छ ।

वर्थिङ सेन्टरमा नियमित चेकजाँच गराई नवजात शिशु जन्मिएमा नवजात शिशुलाई २५ सय रुपैया दिइने, विद्यालयमा आयूर्वेद स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने लगायतका आगामी निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै कृषकका लागि ‘एक किसान एक व्यवसायी खेती’, ‘एक वडा एक उत्पादन’, ‘२ वटा कृषि एम्बुलेन्स सञ्चालन’, ‘उत्पादनको आधारमा कृषकलाई प्रोत्साहान भत्ता’, ‘किसान कल सेन्टर,’ ‘एक गाउँ एक कृषि प्राविधिक,’ ‘एक वडा एक पकेट क्षेत्र’, ‘एक घर एक मौरिंगा अभियान सञ्चालन गर्ने निति तथा कार्यक्रममा समेटिएका छन् ।

यस्तै सहकारी, पशुपन्छी र मत्स्यपालन, घरेलु तथा साना उद्योग, बाणिज्य तथा व्यापार, रोजगारी, युवा खेलकुद, पर्यटन प्रबर्धन र धर्म, संस्कृति र कला, भौतिक पूर्वाधार, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा सेवा प्रवाह, न्यायिक, लैंगिक समानता नागरिक सामाजिक समावेशीकरण र विधायन तथा निति वित्तीय अनुशासन तथा वित्तिय क्षेत्रमा सुधार ल्याउने निति तथा कार्यक्रममा समेटिएका छन् । नीति तथा कार्यक्रममा प्रमुख अथिति प्रतिनिधि सभा सदस्य आशा विक तथा प्रदेश सांसद रत्न खत्रीको सहभागिता रहेको थियो । यसै गरी गाउँपालिकाले आर्थिक वर्ष २०८० ।०८१ निम्ति आईतवार १०  गते दिउँसाे ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको बैजनाथ गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रम सूचना अधिकारी तप्तराज आचार्यले संचालन गरेका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech