लागूऔषध ब्राउन सुगरसहित बाँकेका २ जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-२-२१ गते   ३४० पटक हेरिएको

बाँके २१ जेठ - नेपालगन्जको जमुनाह नाकाबाट शनिबार  लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।  नेपालगंज उपमहानगरपालिका - १५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेको भे १२ प ८६१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा खजुरा गाउँपालिका -४ बस्ने १९ वर्षीय आषिश बिक र कोहलपुर नगरपालिका - १ कौसिलानगर बस्ने १९ वर्षीय पुष्कर थापा मगर पक्राउ परेका छन । लागूऔषध कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech