बालक अपहरण गरि फिरौती माग्ने अपहरणकारी पक्राउ

शाख न्यूज    प्रकाशित: २०७७-५-१२ गते   ३४९ पटक हेरिएको

बाँके १२ भदौ  -  जिल्ला प्रहरी  बाँकेले अपहरणमा परेका एक बालकको उद्धार गरेको छ । खजुरा गाँउपालिकाका १३ वर्षिय बालकलाई अपहरण भएको तीन दिनभित्रै उद्धार गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जानकारी दिनुभयो ।
बाँकेको खजुरा गाउँपालिका-५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिर भन्ने इन्तजार खाँलाई नेपालगन्ज उपमहानगरपालिका – १६ जयसपुरका २७ वर्षका उनका सहोदर भिनाजु कल्लु भन्ने कलिम खाँले ९ भदौमा अपहरण गरि फिरौती माग गरेको थियो । सो प्रकरणमा संलग्न ब्यक्तिलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरीएको हो ।
अपहरणकारीले बालकको परिवारसँगै फिरौती स्वरुप १० लाख रुपौयाँ माग गरेको सूचना प्राप्त भएसँगै अनुसन्धान गरिएको थियोे । भदौ ९ गते अपहरणमा परेका बालकलाई अपहरणकारीले ११ गते जानकी गाँउपालिका ५ स्थित पिडीतको फुपुको घरमा छोडेको अवस्थामा फेला पारी उद्दार गरिएको र घटनामा संलग्न निज कल्लु भन्ने कलिम खाँलाई समेत पक्राउ गरिएको रानाले पत्रकार सम्मेलनमा  बताउनुभयो । 
पक्राउ परेका खाँको साथबाट बालक अपहरणमा प्रयोग भएको भे ४ प २३४४ नम्बरको एक थान मोटरसाईकल र फिरौती माग्न प्रयोग भएको मोबाईल समेत बरामद गरीएको साथै  पक्राउ परेका खाँलाई अपहरण वा शरिर बन्धक सम्बन्धि कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अगाडी बढाईएको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech