नरैनापुरमा गाई काटिएको अवस्थामा फेला

शाख न्यूज    प्रकाशित: २०८०-१-२७ गते   ३३३ पटक हेरिएको

नेपालगन्ज - बाँकेको नरैनापुरमा गाई काटिएको अवस्थामा फेला परेको छ । वडा नम्बर ४ खोदवा गाउँ नजिकै गाई काटिएको अवस्थामा फेला परेको हो । 

गएराती साढे १२ बजे झुण्डमा बसिरहेका मध्ये अन्दाजी ३ वर्षीय गाईलाई काटिरहेको अवस्थामा अन्य गाई कराएपछि स्थानीयले थाहा पाएका थिए । सुरुमा जंगली जनावरले आक्रमण गरेको आशंका गरेका स्थानीयले पछि गाई काटिएको अवस्थामा फेला पारेका हुन् ।

गाईको घाँटी रेटेको, अगाडिको खुट्टा डोरीले बाँधेको र पछाडिको बायाँ फिल्ला काटेर लगेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै पुगेको इलाका प्रहरी कार्यालय नरैनापुर र भगवानपुरको टोलीले मुचुल्का गरी गाईलाई सोही स्थानमा गाडेको थियो । 

गाई काट्ने व्यक्तिहरुलाई खोजी गरि तत्काल कारबाहीको दायरामा ल्यान स्थानीयवासीको माग छ।  ईलाका प्रहरी कार्यालय भगवानपुरले अनुसन्धान प्रक्रिया अगाडि बढाई गाई काट्नेहरुको खोजी भइरहेको जनाएको  छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech