नेपालगन्जमा पेस्तोलसहित एक जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-१-२७ गते   ३७९ पटक हेरिएको

नेपालगन्ज - बाँकेको नेपालगन्जबाट प्रहरीले पेस्तोलसहित एक जनालाई  पक्राउ गरेको छ ।

नेपालगन्जस्थित धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा जिल्ला प्रहरी बाँकेको टोलीले बर्दिया बाँसगढी नगरपालिका ८ लक्ष्मणाका २८ वर्षीय सुमन रिजाललाई पेस्तोलसहित गए राती पक्राउ गरेको जानकारी दिएको छ।

उक्त डान्सबारबाट रिजाल निस्किँदै गर्दा उनको साथबाट मेड इन युएसए लेखिएको १ राउण्ड गोलीसहित पेस्तोल  फेला परेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रिजालसँग प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech