अमेरिकाको टेक्ससमा एक बालक सहित पाँच जनाको गोली हानी हत्या

शाख न्यूज    प्रकाशित: २०८०-१-१७ गते   ३१८ पटक हेरिएको

एजेन्सी १७ बैशाख - अमेरिकाको टेक्ससमा एकजना मानिसले अर्ध स्वचालित बन्दुक प्रयोगको अभ्यास गर्ने विषयमा विवाद भएपछि आफ्नै पाँच जना छिमेकीको हत्या गरेको प्रहरीले जनाएको छ । मारिनेमा ८ वर्षीय बालक समेत रहेका छन् ।

ह्युस्टनको उत्तरमा रहेको सान ज्याकिन्टो काउन्टीको क्लिभल्याण्डको सानो सहरमा शुक्रबार राति गोली हानेर हत्या गरिएको हो । सान ज्याकिन्टो काउन्टीका शेरिफ ग्रेग क्यापर्सले शुक्रबार राति ११:३० बजेतिर आक्रमण’ बारे फोन आएपछि अधिकारीहरू निवासमा जाँदा डरलाग्दो दृश्य देखेको बताएका छन् ।

पीडितहरुलाई मृत्युदण्डको शैलीमा घाँटी र टाउकोमा गोली हानेको पाइएको छ । घटनाका शंकास्पद अभियुक्त ३८ वर्षीय फ्रान्सिस्को ओरोपेज फरार छन् । उनी मेक्सिकन नागरिक भएको बताइएको छ ।फरार अभियुक्त ओरोपेजलाई पाँच वटा मुद्दा लगाइएको छ । प्रहरीले शंकास्पद व्यक्तिको खोजीमा तालिम प्राप्त कुकुर र ड्रोन प्रयोग गरिरहेको छ । अपराधी नजिकैको जंगलमा लुकेको अनुमान गरिएको छ ।

स्थानीय अभियोजकको कार्यालयले पछि आफ्नो फेसबुक पेजमा आक्रमणकारी उक्त क्षेत्रबाट भागेको विश्वास गरिएको छ। अनुसन्धानकर्ताहरूले हतिहारधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको पहरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ । हतियारधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले बताएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech