नेपालगन्ज - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तीन जना विना विभागीय मन्त्री नियुक्त गरेका छन्
मुख्यमन्त्री चौधरीले आज आफूले पद तथा गोपनियताको शपथ लिएपछि मन्त्रिपरिषद विस्तार गरेका हुन् । उनले तीन मन्त्रीलाई शपथ दिएका छन् ।
मुख्यमन्त्री चौधरीले नेकपा माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मराज चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
लुम्बिनी प्रदेशमा मन्त्रालयको टुंगो नलागेकाले उनीहरुलाई मुख्यमन्त्री चौधरीले बिना विभागीय मन्त्रीको रुपमा शपथ गराएका हुन् । विना विभागीय मन्त्री नियुक्त भएका मास्की दाङ ३ ' ख' बाट निर्वाचित भएका हुन् भने चौधरी बर्दिया २ 'ख' र पाण्डे रुपन्देही ३ 'क' बाट निर्वाचित भएका हुन् ।