मुस्लिम महिलालाई लक्षित गरि झन्डहवामा बेसिक सिलाई कटाई तालिम सुरु

शाख न्यूज    प्रकाशित: २०८०-१-१२ गते   ४१७ पटक हेरिएको

Open photo

बाँके १२ बैशाख - मुस्लिम महिलालाई लक्षित गरि कोहलपुर नगरपालिका - ९ झन्डहवामा मंगलबारदेखि बेसिक सिलाई कटाई तालिम सुरु भएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा फातिमा फाउन्डेसन नेपालको आयोजनामा तीन महिने तालिम सुरु भएको हो । फातिमा फाउन्डेसनका अध्यक्ष मैमुना सिद्दिकीको सभापतित्वमा सुरु भएको तालिमको उदघान गर्दै कोहलपुर नगरपालिकाका नगर उप प्रमुख संगिता सुवेदीले मुस्लिम समुदायका महिलालाई सीपमूलक तालिम प्रदान गरेर उनीहरुलाई आर्थिकरुपमा सवल बनाउने उद्देश्य रहेको बताईन ।  सिलाई कटाई तालिमपछि  सीपलाई व्यवसायीक बनाउन उनले सुझाब दिएकी थिईन  । सीपलाई व्यवसायीक गराउन सकेमात्र तालिमको उपलब्धि प्राप्त हुने बिश्वास व्यक्त गर्दै यसलाई अझै एडभान्स बनाउने तथा  मेसिन समेत नगरपालिकाले प्रदान गर्ने नगर उप प्रमुख सुवेदीले बताईन । 

कोहलपुर नगरपालिकाभित्रका महिलालाई आर्थिकरुपमा शसक्त बनाउन नगरपालिकाले विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको पनि उनले उल्लेख गरिन।  त्यस्तै कोहलपुर नगरपालिकाका आर्थिक समिति संयोजक अनिता बुढाले अन्य समुदायका महिला भन्दा मुस्लिम समुदायका महिला पिछडिएको पाइएकाले उनीहरुलाई घर बाहिरको समाजमा घुलमिल गराउँदै रोजगारतर्फ उन्मुख गराउन तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन । कार्यक्रममा महिला तथा बालबालिका शाखा अधिकृत सुशीला थापा, फातिमा फाउन्डेसनका बोर्ड सदस्य गंगा वली लगायतले धारणा राखेका थिए । २० जना मुस्लिम महिलाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा  ओकी कुमारी आलय रहने फातिमा फाउन्डेसनका कोषाध्यक्ष सुवेदा फराहिनले जानकारी दिनुभयो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech