सुदूरपश्चिम प्रदेशमा थपिए ३६ जनामा कोरोना संक्रमीत

शाख न्यूज    प्रकाशित: २०७७-५-११ गते   ५८२ पटक हेरिएको

डडेल्धुरा ११ भदौ - सुदूरपश्चिम प्रदेशको तीन वटै कोभिड प्रयोगशालामा बिहीवार  गरीएको परीक्षणमा  ३६ जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा ४९२ जनामा गरिएको परिक्षण मा गोदावरी नगरपालिका वडा न. ३ का २ बर्षिया बालिका सहित ३ महिला, ६ पुरुष गरी ९ जना , धनगढी उपमहानगरपालिका कैलालीका ५ बर्षिया बालिका र ७ बर्षिया बालक र २९ वर्षिय १ महिला गरी ३ जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
डोटी अस्पतालमा ८१ जनामा गरिएको कोरोना परिक्षणमा शिखरनगरपालिका वडा न. ३ मा १ पुरुष ,  शिखर नगरपालिका वडा न. ४ मा ३ पुरुष र १ महिला गरी ४ जना मा कोरोना संक्रमण पुष्टी भएको डोटी अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज शौरभ श्रेष्ठ जानकारी दिनु भयो ।
डडेल्धुराअस्पतालका ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार   ३४८ जनामा गरिएको कोरोना परिक्षणमा बैतडी दशरथचन्द नगरपालिकाका ८ जना, मेलौली नगरपालिकाका ३ जना, शिवनाथ गाउँपालिकाका ५ र डिलाशैनि गाउँपालिकाका १ जना  गरी बैतडीका १७ जना मा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभयो । साथै बझाङ्गको जयपृथ्वी नगरपालिकाका १ जना र जोरायल गाउँपालिकामा १ जनामा समेत कोरोना संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड प्रयोगशालामा १२ ,  डडेल्धुरा अस्पतालको कोभिड प्रयोगशालामा १९  र डोटी अस्पतालमा ५ गरी ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech