१० दिने क्षमता अभिवृद्धि पत्रकारिता तालिम सोमबार सांसद नमुना द्धारा उद्घाटन

शाख न्यूज    प्रकाशित: २०७९-१२-२७ गते   ४०७ पटक हेरिएको

नेपालगन्ज २७ चैत  - आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेश सरकार दाङको आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेशन नेपाल, नेपालगन्ज बाँकेको आयोजनामा उक्त तालिम संचालन गरिएको छ। बाँके जिल्लामा रहेर विभिन्न संचार गृहमा आवद्ध रहि पत्रकारिता गरिरहेका संचारकर्मीहरुको लागि  १० दिने क्षमता अभिवृद्धि पत्रकारिता तालिम सोमबारदेखि नेपालगन्जमा संचालन गरिएको हो । लुम्बिनी प्रदेश सांसद तथा निवर्तमान मन्त्री कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा तालिमको सोमवार नेपालगन्ज स्थित नेपालगन्ज कटेजमा उद्घाटन गरेकी छिन ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी सांसद नमुनाले  मिडिया जगतलाई सदैव आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाउँदै पत्रकार र मिडियाले नै जनतालाई सुसूचित गराउने हुँदा समाज रुपान्तरणका लागि मिडियाको अहम भुमिका र ठूलो जिम्मेवारी रहेको बताइन् । 

लुम्बिनी प्रदेशका निवर्तमान सांसद आइपी खरेलले बाँके जिल्लाका पत्रकारहरुलाई तालिम प्रदान गरी दक्षता बढाउने भनि विनियोजन गरेको बजेटबाट लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले यो कार्यक्रम संचालन गर्नका लागि सहयोग गरेको अध्यक्ष धितालले जानकारी दिँदै उद्घाटन कार्यक्रम सम्पन्न गरेका थिए ।  

वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, डिल्ली बिसी, रुद्र सुवेदी, बिजय वर्मा, शिव डोटेल, डक्ट प्रसाद धिताल, सिराज खान, शंकर खनाल, गोबिन्द पाण्डे, कुल बहादुर भण्डारी लगायतका अग्रज  प्रशिक्षकहरुद्वारा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

फाउन्डेशनका उपाध्यक्ष आलम खानले स्वागत मन्तब्य दिएका थिए । फाउन्डेशनका कोषाध्यक्ष तथा तालिमका संयोजक गजेन्द्र गुरुङले कार्यक्रम संचालन गरेका थिए । सो तालिममा २०७९ चैत २७ गते बाट सुरु गरिएको तालिम २०८० बैशाख ६ गते  सम्म संचालन हुनेछ । बाँके जिल्लाका विभिन्न संचारमाध्यममा आवद्ध ४० जना प्रशिक्षार्थिहरु सोमबार सहभागी भएका थिए ।  
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech