पत्रकार महासंघ कैलालीद्वारा गाडिहरुमा प्रेस लेखेको हटाउँँदै

शाख न्यूज    प्रकाशित: २०७९-१२-१२ गते   ७५६ पटक हेरिएको

कैलाली - धनगढीमा पत्रकार महासंघ कैलालीले मोटरसाइकलमा प्रेस लेखेको हटाउन थालेको छ । पत्रकार महासंघ कैलालीले शनिबारबाट मोटरसाइकलमा प्रेस लेखेको हटाउन थालेको हो ।

गाडीमा प्रेस लेख्न नपाइने, लेख्ने चाहनेले आफ्नाे काम गर्ने मिडियाकाे नाम उल्लेख गर्नु पर्ने पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जाेशीले बताए । यो कार्यलाई अभियानको रुपमा अघि बढाएको उनले बताए ।

गाडीमा प्रेस लेखेका सवारधनीले तत्काल हटाउन पत्रकार महासंघ कैलालीले निर्देशन दिनुका साथै ट्राफिक प्रहरी कार्यालय कैलाली लाई कडाईका साथ चेक जाँच गरि उक्त अभियान सफल पार्न सहयोग गर्न समेत आग्रह गरेको छ । ( साभार :सोधपत्रडटकमबाट )

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech