डुडुवामा वार्षिक परिक्षाको अनुगमन

शाख न्यूज    प्रकाशित: २०७९-१२-७ गते   २६६ पटक हेरिएको

नेपालगन्ज ७ चैत – बाँके डुडुवा गाउँपालिका स्तरीय वार्षिक परिक्षा सञ्चालन भईरहेको छ । २०७९ सालको वार्षिक परिक्षा चैत २ गतेदेखि शुरु भएको डुडुवा गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताएका छन । उनका अनुसार परिक्षामा कक्षा एकदेखि ९ कक्षासम्मका करिब दुई हजारभन्दा बढी विद्यार्थीहरु सामिल भएका छन् ।


डुडुवामा सामुदायिक विद्यालय १६ वटा, मदरसा १७ वटा, गुरुकुल १ वटा र बोर्डिङ्ग ९ वटा रहेका छन् । कक्षा ८ को बोर्ड परिक्षाको निरिक्षण समेत गरिएको छ । डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, शिक्षा शाखा प्रमुख कर्णलगायतको टोलीले परिक्षा सञ्चालन भईरहेको विद्यालयहरुमा  निरिक्षण गरिएको थियो  ।


मंगलबार डुडुवा ५ डलैपुर विद्यालयमा सञ्चालित परिक्षाको अनुगमन गर्दै पालिकाका उपप्रमुख बानोले सबै विद्यालयमा मर्यादित रुपमा शान्तिपुर्वक परिक्षा भईरहेको बताईन । चैत १० गतेसम्म सञ्चालन हुने परिक्षा बिहान ८ बजेदेखि शुरु भएको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech