नेपालगन्ज ०३ चैत - बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ठुलो परिमाणमा कुखुरा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको साढे १ लाख रुपैयाँ बराबरका कुखुरालाई नेपालगन्ज वडा नंं. १० स्थित शितलनगरबाट बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २ सय १९ पिस कुखुरा बरामद गरिएको हो। जिल्ला प्रहरी बाँकेले बिहीवार बरामद गरिएका अवैध कुखुरालाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज पठाईएको जानकारी दिएको छ ।