नेपालगन्ज - बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.२३ स्थित इलाका प्रहरी कार्यालय हिरमिनियाद्वारा अबैध रुपले भन्सार छलीका जुता वेवारिसे अवस्थामा बरामद गरिएको हो ।
प्रहरी कार्यालय हिरमिनियाका बरिष्ठ प्रहरी नायब निरीक्षक तोजेन्द्र बिसीका अनुसार भन्सार छली भारतबाट अबैध जुताहरु ल्याएको भन्ने गोप्य सुचना प्राप्त भएलगत्तै परिचालन भएकाे टाेलीले भारतिय जुता वेवारिसे अवस्थामा सोमबार बरामद गरिएको हो ।
बिसीको कमाण्डमा खटिएको टोलीले बालेगाउँको गहुँबारीबाट सोमबार अन्दाजी जम्मा बजार मुल्य २ लाख १९ हजार ६ सय रूपैयाकाे वेवारिसे स्पोर्ट्स जुत्ता बरामद गरेको छ ।
बरामद भएको सो सामान आवश्यक कारवाहीका लागि सोमबार नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको वरिष्ठ प्रहरी नायब निरीक्षक बिसीले जानकारी दिएका छन