होली पर्वलाई मध्येनजर गर्दै बाँके प्रहरीद्वारा भयो सुरु बिशेष सुरक्षा अभियान

शाख न्यूज    प्रकाशित: २०७९-११-१८ गते   ३९१ पटक हेरिएको

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्व '२०७९' लाई मध्येनजर गर्दै अप्रिय घटना हुन नदिन बिशेष  सुरक्षा योजना अन्तर्गत चेकजाँचलाई तिब्र बनाएको छ।

बाँके प्रहरीको टोलीले होली पर्वमा हुन सक्ने आकस्मिक अप्रिय  घटना  रोक्न केहीदिन अघिदेखि नै लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथामलाई चुस्त बनाउन तालिम प्राप्त प्रहरी कुकुरको प्रयोग गर्दै सिमा नाकामा बिशेष चेकजाँच अभियान सुरु गरेको छ।

जिल्ला प्रहरी बाँकेले  सिमा नाकामा ईलाका प्रहरी कार्यालय जमुनाहा, लागूऔषध नियन्त्रण ब्युरो र  तालिम प्राप्त प्रहरी कुकुर कमाण्ड गर्ने के-नाईन शाखा कोहलपुरको संयुक्त टोलीले लागूऔषध ओसारपसार हुन नदिन बिशेष चेकजाँच गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

साथै बाँके प्रहरीले होली पर्वमा कुनै आपराधिक घटना हुन नदिन पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्निफिङ, सादा पोशाक, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्ट मार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक  सन्तोससिंह राठौरले जानकारी गराए ।

'सुरक्षा योजना अन्तर्गत हाम्रो उद्देश्य पर्वको बेलामा कुनै पनि अपराध जन्य गतिविधि नहोस भन्ने हो । हामीले संभावित क्षेत्रको पहिचान गरी उच्च निगरानी राख्ने छौ' प्रहरी उपरीक्षक राठौरले भने। त्यस्तै होली पर्वमा जथाभावी रङ दल्ने र कसैको अनुमति बिना रङ दल्नेलाई कडा कारबाही गर्ने जानकारी दिदै होली पर्व सभ्य रुपले मनाउन प्रहरी उपरीक्षक राठौरले सम्बन्धित सबैलाई आग्रह गरेका छन् । ( साभार : बागेश्वरी पोस्ट डटकम )

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech