काठमाडौं - खाना पकाउने ग्यास सिलिन्डर पड्किंदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी घाइते भएका छन् ।
गुल्मी क्षेत्र नं १ बाट निर्वाचित सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका हुन् । काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर पड्किदा भण्डारीका आमा–छोरा घाइते भएको स्वकीय सचिव भुवन भुसालले बताए ।
घाइतेहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूले बताएको स्वकीय सचिव भुसालले जानकारी दिए ।