आन्दोलनरत मजदुरहरुले बालाजुस्थित माछापोखरीको अस्थायी प्रहरी बिट जलाए

बालाजुमा आन्दोलनरत मजदुरहरुले प्रहरीका दुई वटा भ्यान जलाए

शाख न्यूज    प्रकाशित: २०७९-११-१ गते   ८४० पटक हेरिएको

काठमाडौं - ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण यो क्षेत्र तनावग्रस्त बनेको छ। जरिवानाको कारण आन्दोलनरत यातायात मजदुरले बालाजुस्थित माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन्।

दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन्।

आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन् ।

सोमबार बालाजु, माछापोखरी, गोंगबु र सामाखुसी चोकमा उनीहरुको सडक अवद्ध गरेका थिए । उनीहरुले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक सवारी बन्दको घोषणा पनि गरेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech