जनुनाहमा लागूऔषध ब्राउन सुगर सहित दाङका १ जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०७९-१०-५ गते   ३३९ पटक हेरिएको

प्रेम सिंह एस.के.

बाँके ५ माघ - नेपालगन्जको जमुनाह नाकाबाट बिहीवार  लागूऔषध ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन् ।

लागूऔषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा  दाङ घोराही उपमहानगरपालिका वडा नं. १४ का १९ बर्षिय महेन्द्र बुढा मगरलाई ९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी प्रमुख पुरन बि.क. ले जानकारी दिएका छन ।

नेपालगंज उपमहानगरपालिका वडा नं. १५ जमुनाहमा चेकजाँच गर्दा मगरले लगाएको पाईन्टको गोजिमा लुकाई छिपाई ल्याउदै गरेको खैरो ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका जमुनाहका प्रहरी प्रमुख बि.कले जानकारी दिएका छन । 

शंकास्पद तरिकाले पैदल हिँडिरहेको अवस्थामा मगरलाई चेकजाँच गर्दा बिहीवार दिउँसो ४ बजे पक्राउ गरिएको थियो । पक्राउ परेका मगरलाई लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रुमुख बि.क ले  जानकारी दिएका छन  ।  मगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech