नेपालगन्ज ३ माघ - नेपालगन्जको जयसपुरमा भारतबाट ल्याउदै गरिएको ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको टोलिले मंगलबार अबैध सामग्री बरामद गरेको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१६ जयसपुर स्थित इलाका प्रहरी कार्यालयको टोलिले भारतबाट अबैध रुपले भन्सार छली गरेर ल्याउदै गरेको अबैध सामान बरामद गरिएको हो ।
वरिष्ठ सइ सन्तोष शाहको कमान्डमा खटिएको टोलिले चेकजाँच गर्नेक्रममा लेडिज कुर्ता सुरुवाल ९० पिस , चिनी १ क्विन्टल गरि अनुमानित ८० हजार मूल्य बराबरको सामान बरामद गरिएको हो ।
बरामद गरिएको अबैध सामान नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको इलाका प्रहरी कार्यालय जयसपुरका प्रहरी इन्चार्ज वरिष्ठ सइ सन्तोष शाहले जानकारी दिएका छन ।