नेपालगन्जमा प्रहरीद्वारा नक्कली नोट छाप्ने मेसिन बरामद

शाख न्यूज    प्रकाशित: २०७९-१०-३ गते   ३७९ पटक हेरिएको

नेपालगन्ज ३ माघ - बाँके स्थित  नेपालगन्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद गरेको छ । 

नेपालगन्जको धम्बोझीचोकस्थित पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेकाे हाे  ।

पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ । ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठा खोल्दा ५० रुपैयाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको बाँके प्रहरीले जनाएको छ।

बाँके प्रहरी प्रमुख  सन्तोषसिंह राठौरले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech