जय बागेश्वरीको बार्षिक उत्सब तथा साधारणसभा शुक्रबार सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-९-२२ गते   ४४२ पटक हेरिएको

बाँके २२ पुस  - राप्तीसोनारी ५ विनौनास्थित जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको दोस्रो बार्षिक उत्सब तथा साधारणसभा शुक्रबार सम्पन्न भएको छ । केन्द्रकी अध्यक्ष तारा वलीको सभापतित्व एवम् लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिक उत्सब तथा साधारणसभामा बोल्ने बक्ताहरुले असहाय बालबालिकाहरुलाई उचित संरक्षकत्व र अभिभावकत्व प्रदान गर्दै उत्कृष्ट मानव सेवा गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।

प्रदेशसभा सदस्य नमुनाले केन्द्रको भवन निर्माण लगायत बालबालिकाहरुको बृत्ति विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले यसअघि पनि प्रदेश सभामार्फत असहाय केन्द्रलाई पाँच लाख सहयोग गरेकी थिइन् । विशिष्ट अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारुले पूण्य कर्म गरिरहेको असहाय केन्द्रलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वडा नम्बर ५ की वडा सदस्य कमला विक, वडा नम्बर ६ का निवर्तमान अध्यक्ष जनकबहादुर थारु, बेसकी केन्द्रीय सदस्य संगिता थारु, कांग्रेस युवा नेतृ नमिता रावत, विभिन्न पार्टीका प्रतिनिधि, प्रहरी, स्थानीय लगायतको उपस्थिति थियो ।

त्यस अवसरमा बासले असहाय केन्द्रमा आश्रय लिइरहेका १० जना बालबालिकाहरुलाई न्यानो कपडा र टोपी वितरण गरेको थियो ।

जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रले १० जना असहायक बालबालिकालाई आश्रय दिनुका साथै उनीहरुको पठनपाठनमा सहयोग गरिरहेको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech