
कृष्ण बहादुर बि.क. (रसाइली ) -
नेपाली राजनीतिमा चिनको प्रभाव को यो ठुलो नमुना हो। चिन भारत को युद्ध बिराम पछि सिक्किममा चिनको प्रभाव बढन थाल्यो। यो भारतको लागि ठुलो समस्या को रुपमा खडा भएको थियो। सिक्किम को भुमि चिन ले प्रयोग गरोस यो भारत का लागि स्विकार्य थिएन ।
त्यहाँका राजा चोग्याल पनि चिनको प्रभावमा आएपछी ६ अप्रिल सन १९७५ मा भारतिय सैनिकले सिक्किमलाई कब्जामा लियो । यस कार्यमा सिक्किमका बिरोधी नेता लेन्डुप दोर्जेले सघाएका थिए । सन १९५८ मा चिनले तिब्बत माथि गरेको कब्जा लाई बिस्तार बाद मानिएन तर भारत ले सिक्किम माथि को कब्जा भारतीय बिस्तार बाद को उदाहरण बनाइ दियो।
नेपालका कम्युनिष्टहरुले आफ्नो नारानै भारतीय बिस्तार बाद मुर्दाबाद भनेर बनाए । सिक्किम जस्तै नेपालमा पनि अझै बढी चिनिँया प्रभाव बढ्दै गएको छ।
पहिले पनि निहु खोजि रहेको चिन अहिले पनि अझबढी कुटनितिक तरिका बाट नेपालमा निँहु खोजि रहेको छ। नेपाल यति बेला एक किसिमले चिनकै कब्जा मा रहेको नकार्न सकिंदैन। नेकपा एमाले , माओवादी चिनियाँ प्रभावमा समेत रहेका छन नै । लोकतान्त्रिक शक्तिहरु पनि चिनको गतिविधि मा प्रयोग भएका कारण पनि चिनको प्रभाव बढेको हो।
संबिधान घोषँणाको बिरोधमा थालिएको मधेस आन्दोलन नाकाबन्दी को उत्सर्गमा पुग्यो । जासकारण ६ महिनाको नाकाबन्दी आन्दोलनले धेरै कठिनाइ भोग्नु पर्यो त्यसका साथै नेपाली हरु भारत प्रति आक्रोशित समेत भएका थिए ।
मधेश आन्दोलन भारत ले गरायो। नाकाबन्दी गरि आत्मसमर्पण गराउन खोजेको , आफ्नो देशको सार्वभौम अधिकार खतरामा रहेको भनेर संसार भरि एमाले नेतृत्वको सरकारले हल्ला गराएर नेपाल र भारत बिच रहेको सदियौं को सम्बन्ध लाई खल्बल्याउने र भारत लाई दोष लगाउने कार्य गरे। कुप्रचार गरेको र यसमा कुनै सत्यता नभएको विश्व ले थाहा पायो पछि चासो लिन छाडे। बरु सबिधान घोषणाको पक्षमा दिएको समर्थन फिर्ता लियर आन्दोलन रत पक्षको समस्या समाधान गर्न दवाव दिन थाले।
भारतको बिरुद्धमा रहेकाका नेपालका शक्तिहरुलाई संगठित गर्न के. पि सफल रहयो। भारतको बिरुद्धमा उतारेर चिनको बिश्वासिलो पात्र बन्न होड बाजिनै चलेको देखिन्छ। सदियौं देखि धार्मिक सांस्कृतिक आथिर्क सामाजिक सम्बन्ध रहेको र एक लोकतांत्रिक छिमेकी मुलुकसंगको सम्बन्ध लाई बिगारेर बिस्तारबादको निति अपनाएको र पहिले देखि नै निहु खोजि रहेको चिन संग को सम्बन्धले देश दुर्घटना तर्फ उनमुख भइरहेको कुरा लोकतान्त्रिक शक्ति र आम नेपालीले बुझ्न जरुरी छ ।
नेपाल र भारतको सम्बन्ध बिगारेर ठुलो उपलब्धि प्राप्त गर्न चिन अघि बढि रहेको कुरा दुवै लोकतान्त्रिक मुलुक नेपाल र भारतले आत्म साथ गर्दै आफनो पुरानो सम्बन्ध कायम राख्न पहल गर्नु पर्ने देखिन्छ ।