नरैनापुरमा १२ औं गाउँ सभा स्थगित

शाख न्यूज    प्रकाशित: २०७९-९-१८ गते   ३२० पटक हेरिएको

नेपालगन्ज - बाँकेको नरैनापुर गाउँपालिकामा न्यायिक समिति गठनका बिषयमा गाउँ सभा अल्झिएको छ ।

गाउँपालिकामा आइतबार सुरु भएको १२औँ गाउँ सभाले न्यायिक समिति गठन, बजेट संशोधन र साझेदारी कार्य संचालन बिधेयक लगायत ३ वटा प्रस्ताव बैठकमा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले प्रस्ताव गरे पनि  न्यायिक समिति गठनका बिषयमा सहमति जुट्न नसकेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको छ । 

पटकपटकको प्रयासमा पनि सहमति जुट्न नसकेपछि अन्योल सिर्जना भएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech