जयेन्दु बाल सुधार गृहबाट भागेका ४ जना बालबन्दी प्युठानबाट पक्राउ

शाख न्यूज    प्रकाशित: २०७९-९-१८ गते   ३२० पटक हेरिएको

नेपालगन्ज १८ पुस -  बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा रहेको जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना बालबन्दी पक्राउ परेका छन् ।

पुस १३ गते बाल सुधार गृहबाट झ्यालको ग्रिल तोडेर भागेका उनीहरुलाई पुष १६ गते प्रहरीले प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर ४ को विजुलीडाँडाबाट नियन्त्रणमा लिइएको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रबक्ता रामप्रसाद घर्ती मगरले आवश्यक अनुसन्धान र कारवाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिए । 

बाल सुधार गृहमा २ सय ३२ जना थिए । त्यस मध्येमा चार जना भागेका थिए । चार जना मध्ये तीन जना जबर्जस्ती करणी र एक जना कर्तव्य ज्यान मुद्दाका अभियुक्त हुन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech