संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रमुख लाई बुझाए ध्यानाकर्षण पत्र

शाख न्यूज    प्रकाशित: २०७९-८-२७ गते   ५९४ पटक हेरिएको

बाँके २७ मंसिर - विभिन्न विद्यार्थी संगठनले मध्यपश्चिम बिश्वबिद्धालयको आंगिक क्याम्पस ,बागेश्वरी बहुमुखी क्याम्पस प्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन । क्याम्पसका विभिन्न समस्यहरुलाइ केन्द्रमा राखेर क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका हुन ।

नेपाल विद्यार्थी संघ,अनेरास्ववियु र अनेरास्ववियू(क्रान्तिकारी )ले छात्रवृत्ति प्रक्रियामा प्रशासनले गरेको ढिला सुस्ती ,क्याम्पसमा प्राध्यापकको अभाव ,पुस्तकालयमा रहेको पुस्तक अभाव ,परिचय पत्रको समस्य ,विद्यार्थीलाई खेलकुद सामाग्री ,कल्याणकारी कोषको नाममा विद्यार्थीले बुझाउने शुल्कको उपयोगीता जस्ता बिषयमा क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका हुन ।

यसैगरी बिश्वबिद्धालयले विद्यार्थीले कुनै पनि संकाय पढ्नका लागि न्युनतम १५ जना विद्यार्थी हुन पर्ने भनी गरेको प्रवदान प्रती पनि आपत्ती जनाउदै क्याम्पस प्रमुख मार्फत बिश्वबिद्धालयको ध्यानाकर्षण समेत गराएका छन ।१५ जना विद्यार्थी भए मात्र कुनै पनि विषय पढाउने नत्र न पढाउने भन्ने बिश्वबिद्धालयको आफू केन्द्रित निर्णय भएको भन्दै असहमति जनाउदै आएका छन ।

तीन संगठनका क्याम्पस अध्यक्ष, ने.बि.संघका राम प्र.पाण्डे,अनेरास्ववियुका महेन्द्र मल्ल ,अनेरास्ववियू(क्रान्तिकारी )का अध्यक्ष दिपेन्द्र शाहीले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्दै क्याम्पस प्रमुख दान ब.हमाल समक्ष बुझाएका हुन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech