कंचनपुर - १ प्रदेश सभा (ख) मा विष्ट र प्रदेश सभा (क) मा थापा विजयी

शाख न्यूज    प्रकाशित: २०७९-८-८ गते   ४१० पटक हेरिएको

बाँया नेपाली काँग्रेसका नेता दिवान सिह विष्ट / दाँया नेकपा एमालेका वीरबहादुर थापा (पातल)

कंचनपुर ८ मंसिर -  निर्वाचन क्षेत्र १(ख)मा नेपाली काँग्रेसका नेता दिवान सिह विष्ट निर्वाचित भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विष्टले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका नेता पल्लवराज भट्टलाई ९ सय १७ मतको अन्तरले हराउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन । विष्टले ८ हजार ५२०, भट्टले ७ हजार ६०३ मत ल्याएका थिए । त्यसैगरी  निर्वाचन क्षेत्र १ (क) मा नेकपा एमालेका वीरबहादुर थापा (पातल) निर्वाचित भएका छन । उनी १२ हजार तीन सय ५९ मत ल्याउँदै निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार छ मत पाए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech