नेपालगन्ज । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् । उनी ४७९३ मतान्तरले निर्वाचित भएका हुन् । राठौर २९०४० मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका किष्मत कुमार कक्षपतिले २४२४७ मत प्राप्त गरे ।
बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका बादसाह कुर्मी निर्वाचित भएका छन् । कुर्मी २४८३ मतान्तरले निर्वाचित भएका हुन् । कुर्मी १३४३३ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका भिमबहादुर वलीले १०९५० मत प्राप्त गरे ।