बर्दिया ७ मंसिर - निर्वाचन क्षेत्र नंम्बर २ मा स्वतन्त्र उम्मेदवार लालबिर चौधरी विजयी भएका छन् । निर्वाचन क्षेत्र नंम्बर २ मा प्रतिनिधिसभा सदस्यका आठ जना उम्मेदवार रहेका थिए । चौधरीले सात जनालाई पछि पार्दै विजयी भएका हुन्।
चौधरी १ सय ३६ मतान्तरले विजयी भएका छन्। चौधरीले २६ हजार ५ सय २० प्राप्त गरेका छन्। त्यसैगरी उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३ सय ८४ मत र नेकपा एमालेका पंकज सिंह राठौरले १६ हजार ९० मत प्राप्त गरेका थिए ।