बाँके - २(१)बाट जसपाका भण्डारी विजयी

शाख न्यूज    प्रकाशित: २०७९-८-७ गते   २६५ पटक हेरिएको

नेपालगन्ज ७ मंसिर - बाँके क्षेत्र नम्बर २(१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन् । यादव जारी मतगणनामा बाँकेबाट विजयी घोषणा हुने पहिलो उम्मेदवार हुन् ।
जनता समाजवादी पार्टीका यादवले ११५०४ मत प्राप्त गरी विजयी भए । दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय बहादुर यादवले ९३५८ मत र नेपाली कांग्रेसका राज कुमार कुर्मीले ८७३१ मत पाएका छन् ।

बाँके क्षेत्र नम्बर २को मतगणना नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा भैरहेको छ । उनलाई निर्वाचन आयोगले औपचारिक रुपमा विजेता घोषणा गर्न भने बाँकी नै रहेको छ ।

बाँके क्षेत्र नम्बर २(१)मा ३५८६८ मत खसेको थियो । त्यसमा ३३४८५ मत सदर भएको थियो भने २३८३ मत बदर भएको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech